लक्ष्मी सनराइज बैंक लिमिटेडले ‘फोनलोन’ कर्जा सुविधा लिई समयमै भुक्तानी नगरेका ५० जना ऋणीहरूको व्यक्तिगत विवरणसहितको नामावली सार्वजनिक गरेको छ। बैंकले मंगलबार प्रकाशित गरेको सार्वजनिक सूचनामा ऋणीहरूको नाम, नागरिकता नम्बर, स्थायी तथा अस्थायी ठेगाना, बाबु र बाजेको नाम (तीन पुस्ते विवरण) समावेश गरिएको छ। बैंकका अनुसार पटक–पटक ताकेता गर्दा समेत ऋणीहरू सम्पर्कमा नआएको र कर्जा […]
लक्ष्मी सनराइज बैंक लिमिटेडले ‘फोनलोन’ कर्जा सुविधा लिई समयमै भुक्तानी नगरेका ५० जना ऋणीहरूको व्यक्तिगत विवरणसहितको नामावली सार्वजनिक गरेको छ। बैंकले मंगलबार प्रकाशित गरेको सार्वजनिक सूचनामा ऋणीहरूको नाम, नागरिकता नम्बर, स्थायी तथा अस्थायी ठेगाना, बाबु र बाजेको नाम (तीन पुस्ते विवरण) समावेश गरिएको छ।
बैंकका अनुसार पटक–पटक ताकेता गर्दा समेत ऋणीहरू सम्पर्कमा नआएको र कर्जा भुक्तानी गर्न अटेर गरेकाले सार्वजनिक सूचना जारी गर्नुपरेको हो। बैंकले उनीहरूलाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर तिर्न अन्तिम चेतावनी दिएको छ।
सुविधाजनक रूपमा मोबाइल बैंकिङ एपमार्फत प्रदान गरिने फोनलोन कर्जा सेवा पछिल्लो समय लोकप्रिय भए पनि समयमै भुक्तानी नगर्ने प्रवृत्तिले बैंकहरूलाई कडा कदम चाल्न बाध्य बनाएको देखिन्छ। बैंकले तोकिएको समयसीमा भित्र कर्जा चुक्ता नगरेमा प्रचलित कानुनअनुसार कानुनी कारवाही प्रक्रिया अगाडि बढाइने र नेपाल राष्ट्र बैंकमा कालोसूचीमा राख्न सिफारिस गरिने जनाएको छ।
सूचीमा पर्सा, महोत्तरी, काठमाडौँ, धनुषा, सुनसरी, पाल्पा लगायत विभिन्न जिल्लाका ऋणीहरू रहेका छन्। कर्जा समयमा चुक्ता नगर्दा व्यक्तिगत विवरण सार्वजनिक हुनुका साथै भविष्यमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा लिनसमेत समस्या उत्पन्न हुने बैंकको चेतावनी छ।
बैंकिङ क्षेत्रका विज्ञहरूले डिजिटल कर्जा प्रणालीको दुरुपयोग रोक्न कडाइ आवश्यक रहेको सुझाव दिएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.