काठमाडौं : फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा २ करोड ५८ लाख रुपैयाँ नोक्सान ब्यहोरेको कम्पनीले यसपटक नाफा कमाउन सफल भएको हो। सञ्चालन आम्दानी वृद्धि र इम्पेयरमेन्ट चार्जमा कमी आएकाले नाफा बढेको हो। गत वर्ष १ करोड ९३ […]
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा २ करोड ५८ लाख रुपैयाँ नोक्सान ब्यहोरेको कम्पनीले यसपटक नाफा कमाउन सफल भएको हो। सञ्चालन आम्दानी वृद्धि र इम्पेयरमेन्ट चार्जमा कमी आएकाले नाफा बढेको हो।
गत वर्ष १ करोड ९३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनीले अहिले १ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। त्यस्तै, इम्पेयरमेन्ट चार्ज ३७ करोड ८० लाख रुपैयाँबाट घटेर २६ करोड ५५ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको खुद ब्याज आम्दानी १८.२३ प्रतिशतले घटेर ४६ करोड ६० लाख रुपैयाँ कायम भएको छ। चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।
यसको खराब कर्जा दर ७.७१ प्रतिशतबाट घटेर ५.३५ प्रतिशतमा झरेको छ। कम्पनीको वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ रहेको छ। हाल प्रतिसेयर आम्दानी (EPS) वार्षिक रूपमा १.४८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २५१.९४ रुपैयाँ कायम छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.