काठमाडौं: फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने अन्तिम दिन आज (चैत १७) रहेको छ। कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ। यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। न्यूनतम ५३१ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश […]
काठमाडौं: फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने अन्तिम दिन आज (चैत १७) रहेको छ। कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ।
यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। न्यूनतम ५३१ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
लगानीकर्ताहरूले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन फारम बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार, काठमाडौं, तथा फरवार्ड माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुबही–५, सुनसरीमा पुग्ने गरी बुझाउनुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.