काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.४१ प्रतिशतले घटेर ५ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ४९ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफामा गिरावट आएको हो। कम्पनीको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले […]
काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.४१ प्रतिशतले घटेर ५ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ४९ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफामा गिरावट आएको हो।
कम्पनीको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेर ११ करोड १४ लाख ३२ हजार रुपैयाँमा झरेको छ। यस्तै, सञ्चालन नाफा ४३.३६ प्रतिशतले घटेर ७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ३४ करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसामा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.