काठमाडौं: फर्स्ट माइक्रोफाइनान्सले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा कम्पनीकै संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। संस्थापक सेयर खरिद गर्न इच्छुकहरूले फागुन ११ गतेदेखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। न्यूनतम २८० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक संस्थापकले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, […]
काठमाडौं: फर्स्ट माइक्रोफाइनान्सले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा कम्पनीकै संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
संस्थापक सेयर खरिद गर्न इच्छुकहरूले फागुन ११ गतेदेखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। न्यूनतम २८० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
इच्छुक संस्थापकले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौं मा निवेदन दिन सक्नेछन्। यदि तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नआएमा, कम्पनीले सेयर सर्वसाधारण लगानीकर्तालाई खुला गर्ने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.