बैंकिङ प्रणालीमा निक्षेप ६९ खर्ब नजिक, तर कर्जाको माग सुस्त

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत बुधबारसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले जम्मा गरेको निक्षेप ६८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक दिनमै बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको छ। यद्यपि कर्जा प्रवाह भने उल्लेखनीय रूपमा वृद्धि हुन सकेको […]

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत बुधबारसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले जम्मा गरेको निक्षेप ६८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो एक दिनमै बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको छ। यद्यपि कर्जा प्रवाह भने उल्लेखनीय रूपमा वृद्धि हुन सकेको छैन। राष्ट्र बैंकका अनुसार जेठ ६ सम्म कुल कर्जा ५५ खर्ब २९ अर्बमा मात्र सीमित छ।

लगानीयोग्य तरलता: ६ खर्ब ७४ अर्ब
कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) हाल ७९.०२ प्रतिशतमा झरेको छ, जसले बैंकहरूसँग ६ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम रहेको संकेत गर्छ। तर, यो मध्ये साढे ३ खर्बभन्दा बढी रकम राष्ट्र बैंककै स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरणमा राखिएको छ।

कर्जा विस्तारमा सुस्ती, प्राथमिक क्षेत्रको उपेक्षा
कर्जा विस्तार लक्ष्यअनुसार नभएको देखिन्छ। चालु आर्थिक वर्षमा १२.५ प्रतिशत कर्जा वृद्धिको लक्ष्य राखिए पनि चैत मसान्तसम्म ७.१ प्रतिशत मात्र वृद्धि भएको छ।

राष्ट्र बैंकको विवरण अनुसार कर्जाको अधिकांश हिस्सा आयात (६०.६%) र शेयर कर्जा (३७.८%) मा केन्द्रित भएको छ। जबकि औद्योगिक उत्पादन र निर्माण जस्ता उत्पादनमूलक क्षेत्रमा क्रमशः ९.६ प्रतिशत र ११.४ प्रतिशत मात्र कर्जा विस्तार भएको छ।

ब्याजदर सस्तो भए पनि कर्जाको माग कमजोर
कर्जाको भारित औसत ब्याजदर चैतमा घटेर ८.२२ प्रतिशत पुगेको छ। वाणिज्य बैंकहरूको औसत आधार दर पनि ६.२९ प्रतिशतमा झरेको छ। कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा तल नै रहँदा पनि कर्जाको मागमा अपेक्षित वृद्धि देखिएको छैन।

बैंकहरु कर्जामा सतर्क, जोखिमको आकलनमा केन्द्रित
पुँजी कोषमा दबाब, ऋणको गुणस्तरप्रति राष्ट्र बैंकको कडाइ, र कर्जाको जोखिम व्यवस्थापनका कारण बैंकहरूले कर्जामा सावधानी अपनाइरहेका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In