बैंकिङ प्रणालीमा हाल कति तरलता र लगानीयोग्य रकम उपलब्ध छ? आज राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ एकैपटक निकासी गरेको छ।

नेपाल राष्ट्र बैंकले आज वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहमा गति दिन नसकेको अवस्थालाई व्यवस्थापन गर्न बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता नियन्त्रण गर्न यो कदम चालिएको हो। राष्ट्र बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत यो रकम खिच्ने तयारी गरेको छ। यसअघि, पुस १७ गते २१ दिनको […]

नेपाल राष्ट्र बैंकले आज वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहमा गति दिन नसकेको अवस्थालाई व्यवस्थापन गर्न बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता नियन्त्रण गर्न यो कदम चालिएको हो। राष्ट्र बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत यो रकम खिच्ने तयारी गरेको छ।

यसअघि, पुस १७ गते २१ दिनको लागि संकलित २८ अर्ब र पुस २४ गते १४ दिनको लागि संकलित ६३ अर्ब ५५ करोड रकम गरी कुल ९१ अर्ब ५५ करोड निक्षेप आज परिपक्व हुँदैछ। परिपक्व भएको यो निक्षेप फिर्ता हुने भएकाले, राष्ट्र बैंकले एकैपटक ९० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो।

आज अपराह्न २ बजे यो बोलकबोल आयोजना हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँको भाग बनाएर, कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउने छन्।

राष्ट्र बैंकका अनुसार, संकलन गरिएको रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोको भाग मानिनेछ, तर यो रकम अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। संकलित निक्षेपको साँवा र ब्याज भुक्तानी माघ ३० गते हुनेछ।

हाल बैंकिङ प्रणालीको अवस्था
राष्ट्र बैंकका अनुसार माघ ७ गतेसम्म बैंकिङ प्रणालीमा ७८ अर्ब १७ करोड ७१ लाख रुपैयाँ अधिक तरलता रहेको छ। यसअघि बैंकहरूले निक्षेप संकलन उपकरणमार्फत राखेको २ खर्ब ४८ अर्ब ८० करोड र एसडीएफको ५५ अर्ब ८० करोड गरी ३ खर्ब ४ अर्ब ६० करोड रकम बैंकहरूमा फिर्ता हुन बाँकी रहेको छ।

बैंकहरूले हालसम्म ६७ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.२३ प्रतिशत रहेको छ। ९० प्रतिशतसम्म सीडी रेसियोको सीमा कायम गरी बैंकहरूले थप ६ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा विस्तार गर्न सक्ने क्षमता देखिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In