बागमती प्रदेश सरकारको ९ महिनामा ३२ प्रतिशतमात्र बजेट खर्च

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा कुल बजेटको ३२.५१ प्रतिशत मात्र खर्च गरेको छ। आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार साउनदेखि चैत महिनासम्म पुँजीगत खर्च २८.२४ प्रतिशत र चालु खर्च ४०.५१ प्रतिशत मात्र भएको छ। उनका अनुसार चालु आवको नौ महिनामा पुँजीगततर्फ १० अर्ब ४९ करोड ७ […]

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा कुल बजेटको ३२.५१ प्रतिशत मात्र खर्च गरेको छ। आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार साउनदेखि चैत महिनासम्म पुँजीगत खर्च २८.२४ प्रतिशत र चालु खर्च ४०.५१ प्रतिशत मात्र भएको छ।

उनका अनुसार चालु आवको नौ महिनामा पुँजीगततर्फ १० अर्ब ४९ करोड ७ लाख ११ हजार र चालुतर्फ १० अर्ब ४९ करोड ७ लाख ५५ हजार गरी जम्मा २० अर्ब ९८ करोड १४ लाख ६६ हजार रुपैयाँ खर्च भएको हो।

प्रदेश सरकारले आव २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर चालु खर्चको तुलनामा पुँजीगत खर्च उल्लेख्य रूपमा कम भएको पाइएको छ।

विभागगत खर्चको विवरण हेर्दा सबैभन्दा बढी बजेट खर्च गर्नेमा प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८.४३ प्रतिशत, त्यसपछि प्रदेशसभा सचिवालयले ४३.६९ प्रतिशत खर्च गरेको छ। सबैभन्दा कम खर्च गर्ने मन्त्रालय भने संस्कृति तथा पर्यटन मन्त्रालय हो, जसले मात्र १६.४३ प्रतिशत बजेट खर्च गरेको छ।

सूचना अधिकारी सञ्ज्यालका अनुसार आर्थिक वर्षको सुरुवातमा चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने सामान्य प्रवृत्ति हो। कतिपय योजनाहरू केही महिनाअघि मात्र कार्यान्वयनमा आएकाले पनि खर्चको प्रतिशत कम देखिएको बताइएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In