बोटलर्स नेपालका दुवै कम्पनी घाटामा, जगेडा कोषमा अरबौं सञ्चित

काठमाडौं: बोटलर्स नेपालका दुवै कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। बोटलर्स नेपाल (तराई) ले ६ महिनामा ११ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७ करोड ४१ लाख रुपैयाँ घाटाभन्दा बढी हो। व्यापार घट्दा कम्पनीको नोक्सानी बढेको हो। कम्पनीको आम्दानी ३ अर्ब ६८ करोडबाट घटेर […]

काठमाडौं: बोटलर्स नेपालका दुवै कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। बोटलर्स नेपाल (तराई) ले ६ महिनामा ११ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७ करोड ४१ लाख रुपैयाँ घाटाभन्दा बढी हो। व्यापार घट्दा कम्पनीको नोक्सानी बढेको हो।

कम्पनीको आम्दानी ३ अर्ब ६८ करोडबाट घटेर २ अर्ब ९६ करोडमा सीमित भएको छ, भने वित्तीय खर्च १४ करोड ५ लाखबाट घटेर ८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। खर्च कटौती भए पनि आम्दानीमा आएको गिरावटले घाटा बढाएको छ।

बोटलर्स नेपाल (तराई) को चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ, जबकि जगेडा कोष ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ७१ करोड रुपैयाँ थियो। हाल कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ऋणात्मक १९७ रुपैयाँ छ, भने प्रतिसेयर नेटवर्थ ३,३७९ रुपैयाँ कायम छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In