बुद्धभूमि नेपाल हाइड्रोपावरको नाफामा वृद्धि सँगै प्रतिसेयर आम्दानी पनि बढेको छ।

काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा र प्रतिसेयर आम्दानी दुवैमा वृद्धि देखिएको छ। यस अवधिमा यसको खुद नाफा ९१.८८ प्रतिशतले बढेर ६२ लाख ५९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा ३२ लाख ६२ हजार रुपैयाँ थियो। तर, विद्युत् बिक्रीबाट हुने आम्दानी ४.५४ प्रतिशतले घटेर ९ करोड ११ […]

काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा र प्रतिसेयर आम्दानी दुवैमा वृद्धि देखिएको छ। यस अवधिमा यसको खुद नाफा ९१.८८ प्रतिशतले बढेर ६२ लाख ५९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा ३२ लाख ६२ हजार रुपैयाँ थियो।

तर, विद्युत् बिक्रीबाट हुने आम्दानी ४.५४ प्रतिशतले घटेर ९ करोड ११ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यसले ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो। विद्युत् बिक्रीमा गिरावट भए पनि प्रशासनिक खर्च घट्नाले खुद नाफामा वृद्धि भएको हो।

एक वर्षमा प्रशासनिक खर्च ८.४३ प्रतिशतले घटेर १ करोड १८ लाख ४० हजार रुपैयाँमा पुगेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसाले बढेर ३ रुपैयाँ १३ पैसा पुगेको छ, र प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ४८ पैसा छ। कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In