बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (साउन ६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत, अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता […]
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (साउन ६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत, अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरिसकेको छ। यसमध्ये, ५ लाख ६६ हजार कित्ता शेयर आयोजनाबाट प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ। सो क्षेत्रमा तनहुँको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ पर्दछन्।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १०% अर्थात ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
स्थानिय बासिन्दाका लागि आवेदन अवधि छिटोमा साउन २० र ढिलोमा भदौ ४ गतेसम्म कायम हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा साउन ९ र ढिलोमा साउन २० गतेसम्म दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिममा दायित्व बहन गर्ने क्षमताको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गर्ने केवलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यसको साधारण लगानी फिर्ता अवधि ८.२२ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि १०.५ वर्ष अनुमान गरिएको छ।
आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
स्थानिय बासिन्दाले सम्बन्धित पालिकाका कार्यालयहरू तथा कम्पनीको तल्लो स्टेशन, बन्दीपुर गाउँपालिका–४ मा आवेदन दिन सक्नेछन्।
फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि–आस्बा प्रणाली वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.