बिन्ध्याबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्दा नाफा पनि घट्यो

काठमाडौं: बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.८४ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत् बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा असर परेको छ। अघिल्लो वर्ष विद्युत् […]

काठमाडौं: बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.८४ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत् बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा असर परेको छ। अघिल्लो वर्ष विद्युत् बिक्रीबाट २४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको आम्दानी घटेर अहिले २४ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै, कम्पनीको वित्तीय खर्च ७ करोड ८ लाख रुपैयाँबाट घटेर ६ करोड ८६ लाख रुपैयाँ कायम भएको छ, भने प्रशासनिक खर्च पनि २ करोड ८२ लाख रुपैयाँबाट घटेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड १४ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी (EPS) ७.७२ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ १२०.१४ रुपैयाँ रहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In