सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूको आन्दोलन काठमाडौंको बानेश्वरमा हिंसात्मक बनेको छ। प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। वीर अस्पताल र निजामती अस्पतालमा घाइतेको उपचार भइरहेको छ, केहीको अवस्था गम्भीर छ। प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेपछि क्षेत्र तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर गएपछि प्रशासनले सिंहदरबार, […]
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूको आन्दोलन काठमाडौंको बानेश्वरमा हिंसात्मक बनेको छ। प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। वीर अस्पताल र निजामती अस्पतालमा घाइतेको उपचार भइरहेको छ, केहीको अवस्था गम्भीर छ।
प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेपछि क्षेत्र तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर गएपछि प्रशासनले सिंहदरबार, राष्ट्रपति निवास र बानेश्वर वरपर दिउँसो १२:३० देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। तर युवाहरू कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनलाई जारी राखेका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.