बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। […]

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको छ।

स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये:

  • ५ लाख २० हजार कित्ता आयोजनाको अति प्रभावित क्षेत्र अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।

  • ३ लाख १२ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दाहरुका लागि छुट्याइएको छ।

  • बाँकी २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबर १ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १ लाख ४ हजार कित्ता साधारण शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ।

यस आईपीओमा न्यूनतम १० कित्ताअधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

  • आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत १५ गतेढिलोमा चैत ३० गते बन्द हुनेछ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने छिटोमा चैत ५ गतेढिलोमा चैत १५ गते आवेदन बन्द हुनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ICRA NP Issuer Rating Double B Plus (BB+) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको बताइएको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझ २४ वर्ष बाँकी रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ५.७८ वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि ८.१५ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखाप्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर आवेदन फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In