बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड को आईपीओ चैत १ गतेदेखि खुल्ने — स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो। कुल निष्काशनमध्ये १० लाख […]

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो।

कुल निष्काशनमध्ये १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का अति प्रभावित बासिन्दालाई ५ लाख २० हजार कित्ता, वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई ३ लाख १२ हजार कित्ता तथा जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई २ लाख ८ हजार कित्ता शेयर बाँडफाँट गरिनेछ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रदान गरिनेछ। सो शेयरमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजना को कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २४ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि ८.१५ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, सम्बन्धित शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In