बीमा कम्पनीहरूको लाभांश घोषणा : आर्थिक वर्ष २०८०/८१ को विवरण

आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म १२ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये ६ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी छन्। लाभांश घोषणा गरेका र नगरेका कम्पनीहरूको विवरण निम्नानुसार छ: लाभांश घोषणा गरिसकेका कम्पनीहरू जीवन बीमा कम्पनीहरू: सिटिजन लाइफ इन्स्योरेन्स                  : […]

आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म १२ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये ६ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी छन्। लाभांश घोषणा गरेका र नगरेका कम्पनीहरूको विवरण निम्नानुसार छ:

लाभांश घोषणा गरिसकेका कम्पनीहरू

जीवन बीमा कम्पनीहरू:

  • सिटिजन लाइफ इन्स्योरेन्स                  : २८.४ प्रतिशत लाभांश (२६.९८ प्रतिशत बोनस शेयर र १.४२ प्रतिशत नगद लाभांश)
  • हिमालयन लाइफ इन्स्योरेन्स                : १४ प्रतिशत बोनस शेयर
  • आइएमई लाइफ इन्स्योरेन्स                 : २१.०५ प्रतिशत नगद लाभांश (करसहित)
  • नेपाल लाइफ इन्स्योरेन्स                      : २१.०५ प्रतिशत लाभांश (१० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश)
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स                : २० प्रतिशत नगद लाभांश
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स   : ९.२४८९ प्रतिशत लाभांश (१.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश)

निर्जीवन बीमा कम्पनीहरू:

  • हिमालयन एभरेष्ट इन्स्योरेन्स              : ८.७५ प्रतिशत नगद लाभांश
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स     : ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित)
  • नेपाल इन्स्योरेन्स                                : १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश
  • सानिमा जीआईसी इन्स्योरेन्स            : ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश
  • शिखर इन्स्योरेन्स                               : १०.५२६३ प्रतिशत लाभांश (१० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश)
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स                : ३० प्रतिशत नगद लाभांश

लाभांश घोषणा गर्न बाँकी कम्पनीहरू

जीवन बीमा कम्पनीहरू:

  • नेसनल लाइफ
  • लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल
  • एसियन लाइफ
  • प्रभु महालक्ष्मी लाइफ
  • रिलायवल नेपाल लाइफ
  • सन नेपाल लाइफ

निर्जीवन बीमा कम्पनीहरू:

  • नेको इन्स्योरेन्स
  • एनएलजी इन्स्योरेन्स
  • प्रभु इन्स्योरेन्स
  • राष्ट्रिय बीमा कम्पनी
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स
  • युनाइटेड अजोड इन्स्योरेन्स

साधारण सभाको अवस्था

कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने प्रावधान भएपनि अधिकांश बीमा कम्पनीहरूले यसलाई पछ्याउन सकेका छैनन्। गत वर्ष सूर्यज्योति लाइफ इन्स्योरेन्सले मात्रै पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरेको थियो। हालसम्म ५० प्रतिशत बीमा कम्पनीहरूले मात्रै लाभांश घोषणा गरी साधारण सभाको तयारी गरेका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In