बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १:१ को अनुपातमा अर्थात् १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। यस अनुसार, कम्पनीले कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन […]
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १:१ को अनुपातमा अर्थात् १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।
यस अनुसार, कम्पनीले कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। कम्पनीले यसबाट ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
हकप्रद शेयरको बुकक्लोज मिति जेठ २२ गते तोकिएको छ। सो अनुसार, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरू साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई “CARE-NP BB (Is)” रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
शेयर बिक्री प्रबन्धकको रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङ्ग तथा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ पोर्टल प्रयोग गरी अनलाइनबाट पनि आवेदन गर्न सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेकोमा हकप्रद बाँडफाँटपछि सो १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।
हकप्रदबाट संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुनर्निर्माण तथा अन्य खर्चका लागि प्रयोग गरिनेछ भने बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनीमा लगानी र अधिग्रहणमा खर्च गरिने कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.