काठमाडौं: बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज जेठ २१ गते, बुधबार हो। कम्पनीले हकप्रद सेयर निष्कासनको प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता […]
काठमाडौं: बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज जेठ २१ गते, बुधबार हो। कम्पनीले हकप्रद सेयर निष्कासनको प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। यसअनुसार, कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरिनेछ।
यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडले पाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेकोमा हकप्रद सेयर बिक्रीपछि यो बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.