भुजुङ्ग हाइड्रोपावर IPO स्थानीयको आवेदन दिने अन्तिम दिन

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि पुस ३ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि […]

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि पुस ३ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। सो शेयरमध्ये ६० प्रतिशत लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–४ (प्रत्यक्ष प्रभावित क्षेत्र) का बासिन्दाहरूलाई र बाँकी ४० प्रतिशत सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ (अप्रत्यक्ष प्रभावित क्षेत्र) का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

क्रेडिट रेटिङतर्फ इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाबाट २०८१ बैशाख ६ गतेदेखि विद्युत उत्पादन हुँदै आएको छ। आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्षका लागि कायम रहेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका कार्यालय, वडा कार्यालय तथा तोकिएका बैंक शाखा र कम्पनीको काठमाडौँस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In