काठमाडौं : भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सुन खरिदलाई निरन्तरता दिएको छ। टाइम्स अफ इन्डियाका अनुसार, आरबीआईले आर्थिक वर्ष २०२४/२५ (जो मार्चमा समाप्त भयो) मा मात्रै ५७.५ टन सुन खरिद गरेको छ। यो परिमाण विगत सात वर्षको अवधिमा दोस्रो ठूलो वार्षिक खरिद हो। आरबीआईको यो कदम विश्वका अन्य केन्द्रीय बैंकहरुले पछ्याइरहेको […]
काठमाडौं : भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सुन खरिदलाई निरन्तरता दिएको छ। टाइम्स अफ इन्डियाका अनुसार, आरबीआईले आर्थिक वर्ष २०२४/२५ (जो मार्चमा समाप्त भयो) मा मात्रै ५७.५ टन सुन खरिद गरेको छ। यो परिमाण विगत सात वर्षको अवधिमा दोस्रो ठूलो वार्षिक खरिद हो।
आरबीआईको यो कदम विश्वका अन्य केन्द्रीय बैंकहरुले पछ्याइरहेको सुन खरिदको प्रवृत्तिसँग मेल खान्छ। डलर अस्थिर वा कमजोर भएको अवस्थामा सुनलाई सुरक्षित र भरपर्दो सम्पत्तिको रुपमा हेर्ने गरिएकोले, केन्द्रीय बैंकहरु यसको संरक्षणमा आकर्षित भइरहेका छन्।
आरबीआईले सन् २०१७ को डिसेम्बरदेखि आफ्नो रिजर्भ व्यवस्थापन रणनीतिअन्तर्गत सुन खरिदलाई सक्रिय रुपमा अघि बढाउँदै आएको छ। सन् २०२५ को मार्चसम्म आरबीआईको कुल सुन भण्डार ८७९.६ टन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८२२.१ टन थियो।
आरबीआईले आर्थिक वर्ष २०२१/२२ मा हालसम्मकै सबैभन्दा धेरै ६६ टन सुन खरिद गरेको थियो। त्यसपछि क्रमशः २०२२/२३ मा ३५ टन र २०२३/२४ मा २७ टन सुन खरिद गरिएको थियो। यद्यपि, सन् २०२४ को नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव जितपछिको डलरको उतारचढावले सुनप्रति आकर्षण थप बढाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.