भारतीय रिजर्भ बैंकद्वारा ब्याजदर कटौती, आर्थिक वृद्धिको अनुमान पनि घटायो

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सुरु गरिएको व्यापार युद्धका कारण उत्पन्न बजारको अनिश्चितताबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदर घटाउने निर्णय गरेको छ। इकोनोमिक टाइम्सका अनुसार, बुधबार आरबीआईले रेपो दर २५ आधार बिन्दुले घटाउँदै ६.२५ प्रतिशतबाट ६ प्रतिशतमा ल्याएको हो। यो निर्णय अप्रिल ७ देखि सुरु भएको ६ सदस्यीय मौद्रिक नीति समितिको तीनदिने बैठकपछि […]

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सुरु गरिएको व्यापार युद्धका कारण उत्पन्न बजारको अनिश्चितताबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदर घटाउने निर्णय गरेको छ। इकोनोमिक टाइम्सका अनुसार, बुधबार आरबीआईले रेपो दर २५ आधार बिन्दुले घटाउँदै ६.२५ प्रतिशतबाट ६ प्रतिशतमा ल्याएको हो। यो निर्णय अप्रिल ७ देखि सुरु भएको ६ सदस्यीय मौद्रिक नीति समितिको तीनदिने बैठकपछि आरबीआई गभर्नर संजय मल्होत्राले घोषणा गरेका हुन्।

यो आर्थिक वर्षमा भारतले दोस्रोपटक ब्याजदर घटाएको हो। भारतीय अर्थतन्त्रले हाल आन्तरिक र बाह्य दवाबहरू झेलिरहेको अवस्थामा आरबीआईले ब्याजदर घटाएको हो। अमेरिकाले भारतीय निर्यातमा २६ प्रतिशत भन्सार शुल्क लगाएकोले भारतको अर्थतन्त्रमा थप दबाब परेको छ। यी चुनौतीहरूका कारण आरबीआईले आर्थिक वृद्धिदरको अनुमान समेत परिमार्जन गरेको छ।

आरबीआईले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदरको प्रक्षेपण ६.७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशतमा ल्याएको छ। आगामी वर्षमा पनि वृद्धिदर ६.५ प्रतिशत नै रहने अनुमान गरिएको छ। कमजोर उपभोक्ता माग, तरलताको अभाव र बढ्दो विश्वव्यापी अनिश्चितताप्रति चिन्ता व्यक्त गर्दै आरबीआईले यस्तो प्रक्षेपण गरेको हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In