काठमाडौं : भारतीय सेयर बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले नयाँ लगानी उपकरण सुरु गर्न लागेको छ। सेबीले आगामी अप्रिल १ देखि ‘स्पेसलाइज्ड इन्भेष्टमेन्ट फन्ड’ (एसआइएफ) अर्थात विशेष लगानी कोषको नयाँ सम्पत्ति वर्गको शुरुआत गर्ने जानकारी भारतीय सञ्चार माध्यमहरूले दिएका छन्। विशेष लगानी कोष म्युचुअल फन्ड र पोर्टफोलियो व्यवस्थापन सेवाहरू बीचको […]
काठमाडौं : भारतीय सेयर बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले नयाँ लगानी उपकरण सुरु गर्न लागेको छ। सेबीले आगामी अप्रिल १ देखि ‘स्पेसलाइज्ड इन्भेष्टमेन्ट फन्ड’ (एसआइएफ) अर्थात विशेष लगानी कोषको नयाँ सम्पत्ति वर्गको शुरुआत गर्ने जानकारी भारतीय सञ्चार माध्यमहरूले दिएका छन्। विशेष लगानी कोष म्युचुअल फन्ड र पोर्टफोलियो व्यवस्थापन सेवाहरू बीचको खाडललाई कम गर्नका लागि ल्याइएको हो।
सेबीका अनुसार, एसआइएफको उद्देश्य लगानीकर्ताहरूलाई परम्परागत म्युचुअल फन्डहरूको तुलनामा बढी लचिलो पोर्टफोलियो प्रदान गर्नु हो, साथै नियामकीय पर्यवेक्षण सुनिश्चित गर्नु हो। विश्लेषकहरूका अनुसार, एसआइएफले पोर्टफोलियोमा अधिक लचिलोपन दिने भएकाले यो म्युचुअल फन्ड क्षेत्रको नयाँ युगको सुरुवात हुनेछ।
सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) केवल बजार बढ्दा मात्र फाइदा दिन्छ, तर एसआइएफले बजार घट्दा पनि लगानीकर्तालाई पैसा कमाउने मौका दिने विश्लेषकहरूको भनाइ छ। परम्परागत म्युचुअल फन्डहरू जसले केवल सेयर किन्छन्, एसआइएफले सेयर किन्ने, बेच्ने र सर्ट सेलिङ गर्न सक्छ। एसआइएफमा न्यूनतम १० लाख भारतीय रुपैयाँको लगानी आवश्यक पर्ने भएकाले यसले म्युचुअल फन्डहरूभन्दा भिन्नता प्रस्तुत गर्नेछ। यसरी, एसआइएफले उन्नत लगानी रणनीतिहरू अपनाउन अनुमति दिनेछ, जसले एउटै लगानीमा उच्च लाभको अवसर प्रदान गर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.