माउन्टेन इनर्जी नेपालले बोनस र नगद लाभांश घोषणा

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ। कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २९ गते साधारण सभा गर्ने […]

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ।

कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २९ गते साधारण सभा गर्ने जनाएको छ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भई वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In