मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। सो अवधिसम्म बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ। गत वर्षको सोही अवधिमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु वर्षको पहिलो त्रैमासमा २२ करोड ४७ लाख रुपैयाँ खुद […]
मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। सो अवधिसम्म बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ।
गत वर्षको सोही अवधिमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु वर्षको पहिलो त्रैमासमा २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन २०.२४ प्रतिशतले घटेको हो।
बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले बढे पनि इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेका कारण नाफामा गिरावट आएको हो।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशतले घटेको छ। नाफा घटेसँगै प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसा मा सीमित भएको छ।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ।
७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.