मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज ३१ गतेदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले कात्तिक १५ गते, शनिबार, बिहान १० बजे पोखराको होटल पोखरा ग्राण्ड, पार्दी, […]

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज ३१ गतेदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक १५ गते, शनिबार, बिहान १० बजे पोखराको होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा बैंकले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव प्रस्तुत गर्नेछ।

त्यसका साथै, सभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक निर्णय लिने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्ज वा एक्वायर गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावहरू पनि पारित गर्नेछ।

सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान विवरण लगायतका एजेन्डामा समेत छलफल हुने अपेक्षा गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In