मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १३.५३ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता रु. ३८३.६० कायम भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) दोस्रो बजारमा बैंकको शेयर रु. […]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १३.५३ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता रु. ३८३.६० कायम भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) दोस्रो बजारमा बैंकको शेयर रु. ४३५.५० मा बन्द भएको थियो। यही मूल्यलाई आधार मानेर नेप्सेले बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात आइतबारदेखि दोस्रो बजारमा बैंकको शेयर नयाँ मूल्यमा कारोबार हुनेछ।

बैंकले आगामी कात्तिक १५ गते (शनिबार) पोखरा–१७, पार्दीस्थित होटल पोखरा ग्राण्ड मा बिहान १० बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यसका साथै, बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, तथा अन्य बैंक वा वित्तीय संस्थाहरूसँग मर्ज वा अधिग्रहण गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In