माघमा सेयर धितो कर्जा ३ अर्ब ३३ करोडले वृद्धि

सेयर बजारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट लिइने मार्जिन प्रकृतिको कर्जा माघ महिनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंक को माघ मसान्तसम्मको तथ्यांक अनुसार पुस मसान्तसम्म १ खर्ब ५२ अर्ब ८२ करोड ३० लाख रुपैयाँ रहेको यस्तो कर्जा माघ मसान्तसम्म आइपुग्दा ३ अर्ब ३३ करोड २० लाख रुपैयाँले बढेर १ खर्ब ५६ […]

सेयर बजारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट लिइने मार्जिन प्रकृतिको कर्जा माघ महिनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंक को माघ मसान्तसम्मको तथ्यांक अनुसार पुस मसान्तसम्म १ खर्ब ५२ अर्ब ८२ करोड ३० लाख रुपैयाँ रहेको यस्तो कर्जा माघ मसान्तसम्म आइपुग्दा ३ अर्ब ३३ करोड २० लाख रुपैयाँले बढेर १ खर्ब ५६ अर्ब १५ करोड ५० लाख रुपैयाँ पुगेको छ।

तथ्यांक अनुसार वाणिज्य बैंकहरूबाट प्रवाह हुने मार्जिन कर्जा सबैभन्दा बढी बढेको छ। वाणिज्य बैंकहरूबाट मात्रै ३ अर्ब ३९ करोड ३० लाख रुपैयाँले वृद्धि भई १ खर्ब ३३ अर्ब ७ करोड ७० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, विकास बैंकहरूबाट प्रवाह हुने यस्तो कर्जा २ करोड ६० लाख रुपैयाँले बढेर १९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ पुगेको छ।

तर वित्त कम्पनीहरूबाट प्रवाह हुने मार्जिन कर्जा भने घटेको देखिएको छ। वित्त कम्पनीहरूबाट प्रवाह हुने कर्जा ८ करोड ७० लाख रुपैयाँले घटेर ३ अर्ब १८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्रै मार्जिन प्रकृतिको सेयर कर्जा १५ अर्ब ४५ करोड ३० लाख रुपैयाँले वृद्धि भएको देखिएको छ।

विशेषगरी, नेपाल राष्ट्र बैंक ले गत असोज २२ गते सेयर धितो कर्जामा रहेको व्यक्तिगत अधिकतम २५ करोड रुपैयाँको सीमा हटाएपछि बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा प्रवाह क्रमशः बढ्दै गएको देखिएको हो। यस निर्णयले ठूला लगानीकर्तालाई पनि सेयर बजारमा थप लगानी गर्ने अवसर दिएको विश्लेषकहरू बताउँछन्।

बढ्दो मार्जिन कर्जाले सेयर बजारमा तरलता बढाउन सहयोग गर्ने भए पनि अत्यधिक ऋणको प्रयोगले बजारमा जोखिम पनि बढाउन सक्ने भएकाले लगानीकर्ताले सावधानीपूर्वक निर्णय लिनुपर्ने विज्ञहरूको सुझाव छ। 📈

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In