माघ २४ गतेदेखि एनएमबि हाइब्रिड फन्ड एल–२को बिक्री खुला हुने।

काठमाडौं: एनएमबि क्यापिटलले माघ २४ गतेदेखि म्युचुअल फन्ड योजना ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ बिक्री खुला गर्ने भएको छ। यस योजनाअन्तर्गत १२ करोड इकाई प्रतिइकाई १० रुपैयाँका दरले जारी गरिनेछ। यो योजनामा १४ प्रतिशत (१ करोड ६८ लाख इकाई) कोष प्रवर्द्धक एनएमबि बैंकले र १ प्रतिशत (१२ लाख इकाई) योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन्। बाँकी […]

काठमाडौं: एनएमबि क्यापिटलले माघ २४ गतेदेखि म्युचुअल फन्ड योजना ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ बिक्री खुला गर्ने भएको छ। यस योजनाअन्तर्गत १२ करोड इकाई प्रतिइकाई १० रुपैयाँका दरले जारी गरिनेछ।

यो योजनामा १४ प्रतिशत (१ करोड ६८ लाख इकाई) कोष प्रवर्द्धक एनएमबि बैंकले र १ प्रतिशत (१२ लाख इकाई) योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन्। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन हुनेछ।

सर्वसाधारणले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर प्लेटफर्मबाट दिन सकिनेछ। आवेदनको अवधि माघ २८ गतेसम्म तोकिएको छ। तर, सो अवधिमा सबै इकाई बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन खुला रहनेछ।

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो म्युचुअल फन्ड बन्दमुखी योजना हो, जसको अवधि १० वर्ष रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In