माण्डु हाइड्रोपावरको विद्युत बिक्रीबाट आम्दानी २० करोड ४७ लाख, नाफा कति भयो?

काठमाडौं: माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा १७ करोड ५ लाख रुपैयाँ थियो। कम्पनीको विद्युत बिक्री आम्दानी ४१ करोड ५२ लाखबाट घटेर २० करोड ४७ लाख […]

काठमाडौं: माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा १७ करोड ५ लाख रुपैयाँ थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी ४१ करोड ५२ लाखबाट घटेर २० करोड ४७ लाख रुपैयाँ कायम भएको छ, जसले नाफामा दबाब परेको छ। तर, वित्तीय खर्च १२ करोड ९ लाखबाट घटेर ८ करोड १८ लाख रुपैयाँमा झरेको छ।

माण्डु हाइड्रोपावरको हाल चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २३.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.९८ रुपैयाँ रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In