मातृभूमि लघुवित्तले एफपीओ ल्याउने, एजीएम आव्हान

काठमाडौं : मातृभूमि लघुवित्तको वार्षिक साधारण सभा वैशाख २ गतेमातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे बुढानिलकण्ठस्थित अमुप्रस्थ ब्यांक्वेट एन्ड इभेन्ट्समा हुनेछ। यस सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव नआएको हुँदा सेयरधनीले यसपटक लाभांश पाउने छैनन्। सभामा थप सेयर जारी गर्ने (एफपीओ) विशेष […]

काठमाडौं : मातृभूमि लघुवित्तको वार्षिक साधारण सभा वैशाख २ गते
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे बुढानिलकण्ठस्थित अमुप्रस्थ ब्यांक्वेट एन्ड इभेन्ट्समा हुनेछ।

यस सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव नआएको हुँदा सेयरधनीले यसपटक लाभांश पाउने छैनन्।

सभामा थप सेयर जारी गर्ने (एफपीओ) विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा अधिग्रहण (एक्विजिशन) प्रक्रिया अघि बढाउन र यसका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत राखिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणमाथि छलफल हुनेछ भने २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ। त्यसैले चैत २१ गतेसम्म सेयरधनीको नाममा दर्ता भएकाहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In