मोदी इनर्जीको विद्युत बिक्रीबाट आम्दानी २८ करोड ६८ लाख रहेको छ, तर कम्पनी घाटामा छ।

काठमाडौं: मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास, अर्थात् पुसमसान्तसम्म ३ करोड ३५ लाख रुपैयाँ खुद नोक्सानी भोगेको छ। अघिल्लो वर्षको यसै अवधिमा यो कम्पनी १९ करोड ८६ लाख रुपैयाँ घाटामा थियो। अघिल्लो वर्षको तुलनामा नोक्सानीमा कमी आएको हो। यस कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १७ करोड ७७ लाख रुपैयाँबाट बढेर २८ करोड ६८ लाख […]

काठमाडौं: मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास, अर्थात् पुसमसान्तसम्म ३ करोड ३५ लाख रुपैयाँ खुद नोक्सानी भोगेको छ। अघिल्लो वर्षको यसै अवधिमा यो कम्पनी १९ करोड ८६ लाख रुपैयाँ घाटामा थियो। अघिल्लो वर्षको तुलनामा नोक्सानीमा कमी आएको हो।

यस कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १७ करोड ७७ लाख रुपैयाँबाट बढेर २८ करोड ६८ लाख पुगेको छ। त्यस्तै, वित्तीय खर्च २१ करोड ५ लाख रुपैयाँबाट घटेर १५ करोड ६८ लाख रुपैयाँमा घटेको छ। विद्युत बिक्रीमा वृद्धि र वित्तीय खर्चमा कमी आएपछि नोक्सानीमा घटौती आएको हो।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको जगेडा कोष १ अर्ब ६ करोड रुपैयाँ ऋणात्मक छ। इपीएस २.३२ रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ६३.२१ रुपैयाँ छ। कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In