मनकामना इन्जिनियरिङ हाइड्रोपावरले २ लाख ९० हजार रुपैयाँ नाफा कमायो, विद्युत बिक्रीबाट आम्दानी वृद्धि

काठमाडौं: मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा २ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७१ लाख ९८ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो। विद्युत् बिक्रीबाट भएको आम्दानी ६ करोड ९४ लाख रुपैयाँबाट बढेर ७ करोड ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, […]

काठमाडौं: मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा २ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७१ लाख ९८ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो।

विद्युत् बिक्रीबाट भएको आम्दानी ६ करोड ९४ लाख रुपैयाँबाट बढेर ७ करोड ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, वित्तीय खर्च ३ करोड ९९ लाख रुपैयाँबाट घटेर ३ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। आम्दानी वृद्धि र वित्तीय खर्च कटौतीका कारण कम्पनी नाफामा पुगेको हो।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष २५ करोड ९ लाख रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर आम्दानी ०.०४ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ ६८.६३ रुपैयाँ रहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In