काठमाडौं: मानुषी लघुवित्तले छैंठौं वार्षिक साधारण सभा चैत १० गते आह्वान गरेको छ। सभा बिहान १०:३० बजे होटल भ्यू, भक्तपुरमा आयोजना हुनेछ। यसपटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने भएकाले सेयरधनीले कुनै पनि लाभांश प्राप्त गर्ने छैनन्। सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी प्रक्रिया अघि बढाउन तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न […]
काठमाडौं: मानुषी लघुवित्तले छैंठौं वार्षिक साधारण सभा चैत १० गते आह्वान गरेको छ। सभा बिहान १०:३० बजे होटल भ्यू, भक्तपुरमा आयोजना हुनेछ।
यसपटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने भएकाले सेयरधनीले कुनै पनि लाभांश प्राप्त गर्ने छैनन्।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी प्रक्रिया अघि बढाउन तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखिएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८०–८१ को नाफा-नोक्सान विवरणमा छलफल गरिनुका साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहनेछ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएकोले फागुन २४ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.