नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई असार १ गते उक्त अनुमति दिएको हो। कम्पनीले आफ्नो जारी पूँजीको ४८.९९९८ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न पाउनेछ। यस अन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १८ […]
नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई असार १ गते उक्त अनुमति दिएको हो।
कम्पनीले आफ्नो जारी पूँजीको ४८.९९९८ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न पाउनेछ। यस अन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबर हुनेछ।
उक्त आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि खुला गरिनेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.