काठमाडौं : मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) ४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जसमा गत वर्षको सोही अवधिको तुलनामा ३.४० प्रतिशत वृद्धि भएको छ। गत वर्ष कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्रीबाट आम्दानी ११ करोड २५ लाख रुपैयाँबाट घटेर १० […]
काठमाडौं : मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) ४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जसमा गत वर्षको सोही अवधिको तुलनामा ३.४० प्रतिशत वृद्धि भएको छ। गत वर्ष कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्रीबाट आम्दानी ११ करोड २५ लाख रुपैयाँबाट घटेर १० करोड ६७ लाख रुपैयाँ पुगेको छ। तर, वित्तीय खर्च ३ करोड ६१ लाखबाट घटेर २ करोड ५७ लाख रुपैयाँमा झरेकोले नाफामा सुधार आएको हो।
८० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १४ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर आम्दानी ५.०१ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ ८१.६७ रुपैयाँ कायम भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.