मल्टिपर्पस फाइनान्सको नाफामा उल्लेखनीय वृद्धि, यी छन् प्रमुख संकेतकहरु

काठमाडौं: मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ७८.१३ प्रतिशतको वृद्धि हो। गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि सँगै खुद नाफामा महत्वपूर्ण सुधार आएको […]

काठमाडौं: मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ७८.१३ प्रतिशतको वृद्धि हो। गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि सँगै खुद नाफामा महत्वपूर्ण सुधार आएको हो। गत वर्ष ३ करोड ८४ लाख रहेको खुद ब्याज आम्दानी अहिले २१.४५ प्रतिशतले वृद्धि हुँदै ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा पनि १२६.९४ प्रतिशतको वृद्धि देखाउँदै २ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

फाइनान्सको इम्पेयरमेन्ट चार्ज भने बढेको छ। अहिले मल्टीपर्पसको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ र यसको जगेडा कोषमा ७ करोड २४ लाख रुपैयाँ जम्मा भएको छ। प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५७ पैसा (वार्षिक) पुगेको छ, जुन गत वर्ष ३ रुपैयाँ ६९ पैसा (वार्षिक) थियो। यसको नेटवर्थ भने ११६.३३ रुपैयाँ छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In