महालक्ष्मी विकास बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं: महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिदिएको छ। बैंकले पुस १३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरूका लागि बोनस सेयर खातामा पठाइसकेको छ। तर, अझै डिम्याट नगराएका सेयरधनीहरूले बोनस सेयर प्राप्त गर्न पहिला भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ, त्यसपछि मात्र बोनस खातामा जम्मा गरिने बैंकले जनाएको छ। बैंकको पुस २९ […]

काठमाडौं: महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिदिएको छ। बैंकले पुस १३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरूका लागि बोनस सेयर खातामा पठाइसकेको छ।

तर, अझै डिम्याट नगराएका सेयरधनीहरूले बोनस सेयर प्राप्त गर्न पहिला भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ, त्यसपछि मात्र बोनस खातामा जम्मा गरिने बैंकले जनाएको छ।

बैंकको पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। नगद लाभांश भने बैंकले यसअघि नै सेयरधनीहरूको बैंक खातामा जम्मा गरिसकेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In