काठमाडौं: महुली लघुवित्तले आज, फागुन २३ गते, आफ्नो १२औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले कुनै लाभांश प्रस्ताव पेश गर्ने छैन, किनकि यसअघि नै कम्पनीले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको थियो। सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न […]
काठमाडौं: महुली लघुवित्तले आज, फागुन २३ गते, आफ्नो १२औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले कुनै लाभांश प्रस्ताव पेश गर्ने छैन, किनकि यसअघि नै कम्पनीले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको थियो।
सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, आर्थिक वर्ष २०८०-८१ को नाफा-नोक्सान हिसाबमा छलफल, र आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा हुनेछ।
सभा सञ्चालनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गरिसकेको छ, त्यसैले फागुन ८ गतेसम्मका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.