काठमाडौं: महुली लघुवित्तले आफ्नो १२औं वार्षिक साधारण सभा फागुन २३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय, महुली सप्तरीमा बोलाएको छ। सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरिएको छैन, किनभने कम्पनीले यसअघि नै आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ। यसबाहेक, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा […]
काठमाडौं: महुली लघुवित्तले आफ्नो १२औं वार्षिक साधारण सभा फागुन २३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय, महुली सप्तरीमा बोलाएको छ।
सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरिएको छैन, किनभने कम्पनीले यसअघि नै आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ।
यसबाहेक, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा छलफल गरिनेछ। आर्थिक वर्ष २०८०–८१ को नाफा–नोक्सान सम्बन्धी हिसाब, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि एजेन्डामा समावेश छन्।
साधारण सभाका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ८ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.