महासंघद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव पेश, उद्योगलाई लाग्ने कर ५ प्रतिशत घटाउन आग्रह

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सरकारलाई विभिन्न सुझाव पेश गरेको छ। अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई सुझाव पत्र बुझाएका हुन्। महासंघले कानुनी परिमार्जनको प्रभावकारी कार्यान्वयन, व्यवसाय दर्ता र कर प्रक्रियालाई प्रविधिमैत्री बनाउन, लगानी प्रवद्र्धनका लागि ‘लगानी अभियान’ सञ्चालन गर्न, एकद्वार […]

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सरकारलाई विभिन्न सुझाव पेश गरेको छ। अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई सुझाव पत्र बुझाएका हुन्।

महासंघले कानुनी परिमार्जनको प्रभावकारी कार्यान्वयन, व्यवसाय दर्ता र कर प्रक्रियालाई प्रविधिमैत्री बनाउन, लगानी प्रवद्र्धनका लागि ‘लगानी अभियान’ सञ्चालन गर्न, एकद्वार प्रणाली लागू गर्न, तथा राजस्व नीति स्थायित्व कायम राख्न सुझाव दिएको छ।

त्यसैगरी, ब्याजदर घटे पनि कमजोर रहेको लगानी माग बढाउन चालू पुँजी कर्जा मार्गदर्शन परिमार्जन गर्न, सहकारी तथा लघु वित्त सुधार गरी साना उद्यमीलाई पूँजी प्रवाह सहज बनाउन, पर्यटन र निर्यात प्रवद्र्धन गर्न, रेमिट्यान्सलाई उपयोग गर्दै कृषि उत्पादन तथा पानी निर्यात नीति ल्याउन आग्रह गरिएको छ।

महासंघले स्टार्टअप, साना उद्यमी तथा उद्योग प्रवद्र्धनका लागि कर छुट, विद्युत् आपूर्ति सुनिश्चितता, र भारतीय पर्यटक आकर्षणका लागि विशेष योजना आवश्यक रहेको उल्लेख गरेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In