काठमाडौं: युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन १३ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो। साथै, कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। […]
काठमाडौं: युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन १३ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।
साथै, कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा १०० प्रतिशत हकप्रद सेयर जारी गरिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत ११ गते साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे आभ्या क्लब, घारीपाटन-१७, पोखरा, कास्कीमा आयोजना हुनेछ, जसमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गरिनेछ।
यसैबीच, कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फलस्वरूप, फागुन २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.