काठमाडौं: युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सभा चैत २७ गते बस्ने तय भएको छ। सभामा मुख्य रूपमा गत जेठ २७ मा सम्पन्न आव २०७९–८० को साधारण सभाबाट पारित १ः१ (१०० प्रतिशत) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई संशोधन गर्ने विषय छलफल हुनेछ। कम्पनीले हकप्रद सेयरको प्रस्तावित अनुपात घटाएर १ः०.६५ (६५ प्रतिशत) मात्र गर्ने निर्णय गरेको […]
काठमाडौं: युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सभा चैत २७ गते बस्ने तय भएको छ। सभामा मुख्य रूपमा गत जेठ २७ मा सम्पन्न आव २०७९–८० को साधारण सभाबाट पारित १ः१ (१०० प्रतिशत) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई संशोधन गर्ने विषय छलफल हुनेछ।
कम्पनीले हकप्रद सेयरको प्रस्तावित अनुपात घटाएर १ः०.६५ (६५ प्रतिशत) मात्र गर्ने निर्णय गरेको छ। साथै, हकप्रद सेयर जारी गर्नका लागि अधिकृत र जारी पुँजी वृद्धि गर्ने तथा नियमनकारी निकायमा आवश्यक अभिलेखनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत राखिएको छ।
सभामा आव २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।
यसपटक कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। साधारण सभा प्रयोजनका लागि युनाइटेड मोदीले चैत ८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, चैत ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.