यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं: आज जेठ २१ गते, बुधबार, नेप्सेमा सूचीकृत दुई इन्सुरेन्स कम्पनी—नेसनल लाइफ इन्सुरेन्स र एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी कम्पनीहरूले जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र आगामी वार्षिक साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। नेसनल लाइफ इन्सुरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट […]

काठमाडौं: आज जेठ २१ गते, बुधबार, नेप्सेमा सूचीकृत दुई इन्सुरेन्स कम्पनी—नेसनल लाइफ इन्सुरेन्स र एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी कम्पनीहरूले जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र आगामी वार्षिक साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

नेसनल लाइफ इन्सुरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असार ५ गते बिहान १०:३० बजे लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारण सभा आह्वान गरेको छ।

त्यस्तै, एनएलजी इन्सुरेन्सले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले जेठ २९ गते बिहान ११ बजे आम्रपाली ब्यांक्वेट, चिरबम सडक, बालुवाटार, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In