काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका पाँच कम्पनीका १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। बैंकले चैत ३ गतेदेखि निम्न सेयरहरू लिलामीमा ल्याएको थियो: नागरिक लगानी कोष (CIT): ५० हजार कित्ता सूर्योदय वोमी लघुवित्त: ५९ हजार ६० […]
काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका पाँच कम्पनीका १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
बैंकले चैत ३ गतेदेखि निम्न सेयरहरू लिलामीमा ल्याएको थियो:
नागरिक लगानी कोष (CIT): ५० हजार कित्ता
सूर्योदय वोमी लघुवित्त: ५९ हजार ६० कित्ता
सूर्यज्योति लाइफ: ५० हजार कित्ता
निफ्रा: १० लाख कित्ता
जीवन विकास लघुवित्त: २ लाख ८७ हजार ८४२ कित्ता
यी सेयरहरूको न्यूनतम मूल्य यसप्रकार निर्धारण गरिएको छ:
CIT: प्रति कित्ता ६९६ रुपैयाँ
सूर्योदय वोमी लघुवित्त: २६९ रुपैयाँ
सूर्यज्योति लाइफ: १५९ रुपैयाँ
निफ्रा: १०५ रुपैयाँ
जीवन विकास लघुवित्त: ५४० रुपैयाँ
CIT सेयरका लागि न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिन्छ, जबकि अन्य चार कम्पनीका सेयरका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिद आवेदन दिन मिल्नेछ। आवेदन गर्दा लगानीकर्ताले कित्ता संख्या र प्रतिकित्ता दर स्पष्ट रूपमा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ।
सेयर बिक्री प्रबन्धक: एनआईसी एशिया क्यापिटल लिमिटेड
बोलपत्र बुझाउने स्थानहरू:
थापाथली ट्रेड टावरस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय
थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय
बैंकका शाखा कार्यालयहरू: विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत
Share your thoughts to keep the conversation going.
Be the first to comment.