काठमाडौं: चैत १५ गते राजावादीको हुलदंगामा भएको क्षतिको बिमा दाबी करिब ५ करोड रुपैयाँ पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार, चैत २० गतेसम्म ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बिमा दाबी परेको छ। ४३ वटा बिमा दाबीमार्फत उक्त रकम माग गरिएको छ, भने दाबी आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्ने सम्भावना […]
काठमाडौं: चैत १५ गते राजावादीको हुलदंगामा भएको क्षतिको बिमा दाबी करिब ५ करोड रुपैयाँ पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार, चैत २० गतेसम्म ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बिमा दाबी परेको छ। ४३ वटा बिमा दाबीमार्फत उक्त रकम माग गरिएको छ, भने दाबी आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
हालसम्म प्राप्त दाबीअनुसार, २२ वटा निजी गाडी, १६ वटा घर तथा व्यवसाय (सम्पत्ति), ३ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम, र अन्य २ वटा गरी कुल ४३ वटा दाबी परेका छन्। यीमध्ये सबैभन्दा धेरै दाबी सम्पत्ति बिमामा परेको छ, जहाँ १६ वटा आवेदनमार्फत ३ करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।
मोटर बिमामा १ करोड २९ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका ३ दाबीमा ३७ लाख रुपैयाँ, र विविध बिमामा १० लाख रुपैयाँ बराबरको दाबी परेको छ।
यस बीचमा, बुधबारसम्म ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ, जुन शिखर इन्सुरेन्सले गरेको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.