रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Ridge Line Energy Limited ले माघ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको […]

Ridge Line Energy Limited ले माघ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता शेयर कर्मचारीका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले कम्पनीलाई “केयरएनपी डबल बी” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता अवधि ७ वर्ष ४ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १० वर्ष ९ महिना रहेको छ। कम्पनीले उक्त आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक Prabhu Capital Limited रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र CDS and Clearing Limited को ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In