रिज लाइन इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पुस १३ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। सोमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० […]
रिज लाइन इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पुस १३ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। सोमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
क्रेडिट रेटिङतर्फ केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक रूपमा विद्युत उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री भइरहेको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.