रिज लाइन इनर्जी लिमिटेडले आज (माघ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ […]
रिज लाइन इनर्जी लिमिटेडले आज (माघ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ लाख ७ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर वितरण भइसकेको छ। कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरपछि बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गतेसम्म खुला रहनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP Double B’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री भइरहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७ वर्ष ४ महिना रहेको छ।
आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.