काठमाडौं – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गर्दैछ, जसको कुल रकम ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ हुनेछ। कम्पनीले यसअघि नै जेठ ६ गते […]
काठमाडौं – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गर्दैछ, जसको कुल रकम ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ हुनेछ।
कम्पनीले यसअघि नै जेठ ६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीहरूले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २२ गतेसम्म तोकिएको छ।
यस हकप्रद सेयरको बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटललाई दिइएको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको नारायणचौर, नक्साल, काठमाडौंस्थित कार्यालय र राप्ती हाइड्रोको त्रिपुरेश्वर, काठमाडौंस्थित कर्पोरेट कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकका विभिन्न शाखाहरू — बिर्तामोड (झापा), विराटनगर (मोरङ), वीरगञ्ज (पर्सा), जनकपुर (धनुषा), नारायणगढ (चितवन), पोखरा (कास्की – चिप्लेढुङ्गा), बुटवल (रुपन्देही), नेपालगञ्ज (बाँके), वीरेन्द्रनगर (सुर्खेत), धनगढी (कैलाली), र महेन्द्रनगर (कञ्चनपुर) — बाट पनि आवेदन दिन सकिनेछ।
यसबाहेक, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर
Share your thoughts to keep the conversation going.
Be the first to comment.