काठमाडौं : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी असार १ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १:१ अनुपातमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गर्नेछ, जसको कुल मूल्य ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ हुनेछ। हकप्रद सेयरका लागि कम्पनीले […]
काठमाडौं : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी असार १ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १:१ अनुपातमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गर्नेछ, जसको कुल मूल्य ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ हुनेछ।
हकप्रद सेयरका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ५ गतेसम्म कम्पनीको सेयरधनीको रूपमा कायम रहेका लगानीकर्ताले मात्र हकप्रद सेयरमा दाबी गर्न सक्नेछन्। असार २२ गतेसम्म आवेदन दिने समयसिमा तोकिएको छ।
यस हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं वा राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सक्नेछन्।
साथै, मुक्तिनाथ विकास बैंकका विर्तामोड (झापा), विराटनगर (मोरङ), वीरगञ्ज (पर्सा), जनकपुर (धनुषा), नारायणगढ (चितवन), पोखरा (कास्की – चिप्लेढुङ्गा), बुटवल (रुपन्देही), नेपालगञ्ज (बाँके), वीरेन्द्रनगर (सुर्खेत), धनगढी (कैलाली) र महेन्द्रनगर (कञ्चनपुर) शाखाबाट पनि आवेदन दिन सकिनेछ।
यस्तै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.